२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु

साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यही वैशाख २६ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको छ।

एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा एकीकृत कारोबारको औपचारिक सुरुआत गरेका छन्। सोही क्रममा अध्यक्ष सिलवालले जीवन बिमा आमजनताको जीवनमा अपरिहार्य रहेकाले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बिमा व्यवसाय गर्न सुझाब दिए।

यसै क्रममा मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बिमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बिमा सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जीवन बिमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा सूचकमा पुगेको उल्लेख गर्दै जीवन बिमा क्षेत्रमा चुक्ता पुँजीका हिसाबले हिमालयन दोस्रो ठू्लो, जीवन बिमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले नम्बर १ कम्पनी बनेको जनाएको छ।

मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड रूपैयाँ पुगेको जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App