२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा ई-स्पोर्ट्स पूर्वाधार बनाउन वर्ल्डलिङ्क र पब्जीले साझेदारी गर्ने

चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकबीच सम्झौता भएको छ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो। नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ।

कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ। नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर छन्। यो सम्झौतासँगै नेपालमा ‍गेमिङ क्षेत्रको आवश्यकता सम्बोधन गर्न वल्डलिङ्कले आफ्नो नेटवर्क पूर्वाधार स्थापना गर्ने बताएको छ।

'मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ' वर्ल्डलिङ्कका सीईओ केशव नेपालले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भने।

वर्ल्डलिङ्क र पब्जी मोबाइलले यस साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको बताएका छन्। यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्ल्डलिङ्कको विश्वास छ।

'थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुनेछ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छू' वर्ल्डलिङ्कका सीईओले थप्दै भने।

यस साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिशिङका सहायक निर्माताले भने, 'मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन्।'

यसमा द्रुत गतिको डाउनलोड र अपलोड स्पिड, कम ल्यान्टेन्सी लगायतका फिचरहरू हुनेछन्।

प्रकाशित: १७ वैशाख २०८० १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App