११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यात्रुहरुको रोजाईमा सेडान विद्यूतीय ट्याक्सी

काठमाडौँ उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायातका लागि एक्सप्रेस–टि का प्रिमियम विद्युतीय फ्लीट ट्याक्सीहरु गुड्न थालेका छन्।

उपभोक्ताको हरित प्रविधिको महत्व प्रति बढ्दो सचेतना अतिरिक्त राज्य एवं निजि क्षेत्रले विद्यूतीय सवारी साधन प्रवर्धन सम्बन्धि पहलहरुलाई जान्छ। बढी भन्दा बढी ग्राहकहरु ब्याट्रीबाट चल्ने गाडीहरुप्रति आकर्षित भइरहेको पाइन्छ। किनकि यी सवारी साधनहरुको संचालन र मर्मत खर्च निकै कम हुनुको साथै आकर्षक, आरामदायी र अन्य उच्च प्राविधिक विशेषताहरुले सम्पन्न छन्।

त्यस्तै यस्ता सवारी साधनहरुको भन्सार महशुल तथा नवीकरण र दर्तामा भारी छुटको साथै खरिद गर्दा ठूलो परिमाणमा बैंक कर्जा र बढी सुरक्षित बीमा योजनाको सुविधा छ। अनि विद्धुतीय गाडी सम्बन्धित कम्पनीहरुले आक्रामक बजारीकरणको रणनीति अपनाउदै आवश्यक पूर्वाधार एवं जनशक्तिको निर्माण गरिरहेका छन्।

केही समयदेखि विशेषत सार्वजनिक यातायातको संचालनमा नवीकरणीय ऊर्जाले प्राथमिकता पाएको पनि देखिन्छ। उदाहरणको लागि बागमती प्रदेशले २०७८ सालमा ल्याएको सार्वजनिक यात्रुवाहक विद्धुतीय ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धि मापदण्डलाई लिन सकिन्छ।

यस मापदण्ड अनुसार यस प्रदेशभित्रका आम यात्रुहरु बाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरुको सेवाको लागि पनि ब्याट्रीबाट चल्ने गाडीहरु अनिवार्य रुपमा ट्याक्सी रुपमा प्रयोग गरिनेछ। झन्झटरहित एवं आरामदायी यात्राको पर्याप्त खुल्ला ठाउँ भए यी सेडान मोडेलका गाडीहरु आकर्षक साथै सुरक्षा सम्बन्धि उत्कृष्ट विशेषताहरुले पनि सम्पन्न हुन्छन्।

अझ टाटा मोटर्सद्वारा निर्मित विद्युतीय सेडान ट्याक्सीहरु यातायात व्यवसायी र यात्रुहरुको रोजाईमा छन्। घरमै चार्ज गर्न मिल्ने यस्ता साधनप्रतिको आकर्षण बढिरहेको व्यवसायीहरु बताउँछन्। हरित प्रविधिमा आधारित सवारी साधन भएकोले आर्थिक रुपले मितव्ययी एवं वातावरणीय दृष्टिकोणले पूर्ण फाइदाजनक भएको पनि बताइन्छ। त्यसैले पनि सबैको आकर्षक यस्ता साधनमा बढ्न थालेको हो।

विद्यूतीय सवारी साधन रुचाउने जमातमा एक्सप्रेस–टि अझ लोकप्रिय बन्दैछ। यो किफायती र कम खर्चिलो भएका कारण यसलाई सार्वजनिक साधनका रुपमा प्रयोग गर्न थालिएको व्यवसायीले बताएका छन्।

यस कारणले आम यात्रुहरुको अतिरिक्त विदेशी पर्यटकहरुले निश्चय नै प्रदुषणमुक्त, गुणस्तरीय एवं सुरक्षित यात्राको अनुभव गर्नेछन। वास्तवमा देशका अन्य सबै प्रदेशहरूमा पनि विद्धुतीय ट्याक्सी सेवा विस्तार गर्नुपर्ने मागहरु उठिरहेका छन्।

यस्ता मागहरु सम्बोधन भएको खण्डमा यसले देशको यातायात क्षेत्रको अलावा पर्यटन उद्योगमा पनि सकारात्मक प्रभाव पार्ने निश्चित छ। नेपाल जस्तो अल्पविकसित राष्ट्रको समग्र यातायात क्षेत्रको समयानुकुल एवं दिगो रूपान्तरणको लागि यस्ता सवारी साधन महत्वपूर्ण भूमिका खेल्ने कम्पनि को मान्यता छ।

प्रकाशित: १३ वैशाख २०८० १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App