२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अस्ट्रेलियास्थित नेपाली राजदूत र रिजर्भ बैंक अस्ट्रेलियाका गभर्नरबीच भेटवार्ता

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार रिजर्भ बैंक अफ अस्ट्रेलियाका गभर्नर फिलिप विलियम लोवीसँग भेटवार्ता गरेका छन्। 

उनीहरुबीच मैत्रीपूर्ण वातावरणमा नेपाल र अस्ट्रेलियाको बैंकिङ आबद्धताका सम्भावनालगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।

राजदूत पोखरेलले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा गभर्नरलाई जानकारी दिँदै अस्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्सलाई सहज बनाउन आग्रह गरे। राजदूत पोखरेलका अनुसार गभर्नर लोवीले यो विषयलाई सकारात्मक रूपमा लिएका छन्।

उनले दुवै देशका वाणिज्य बैङ्कहरूबीच बैंकिङ सम्बन्ध स्थापना गर्न सहजीकरण गर्न गभर्नरसँग आग्रह गरे। बैठकमा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, अस्ट्रेलियन रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्ब र अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का पनि उपस्थित थिए।

प्रकाशित: ८ वैशाख २०८० ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App