१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जयपुरमा डीएभी कलेजको दमदार प्रस्तुति

अठारौँ अन्तर्राष्ट्रिय युवा मेला ‘घुमर’मा सहभागी ललितपुर डीएभी कलेजका १८ जना विद्यार्थीले ११ विधामा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरेका छन्।  

युनिभर्सिटी अफ राजस्थानले गत चैत २३ र २४ गते जयपुरमा आयोजना गरेको अठाराँै अन्तर्राष्ट्रिय युवा मेला ‘घुमर’मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा डीएभी कलेजले सम्पूर्ण विधामा सहभागिता जनाउँदै तेस्रो स्थान हासिल गरेका थिए।  

डीएभीकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन भने प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारेकी छिन्। जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरे। पेन्टिङ प्रतियोगितामा निमिसा शाक्य द्वितीय स्थान जित्न सफल भइन्। साथै सांस्कृतिक नृत्यमा तृतीय स्थान हात पारे।  

कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको विद्यालयको विश्वास छ। युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App