१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्रका समस्या समाधानका लागि पहल गरौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योगी व्यवसायीहरूमा असहज, अप्ठ्यारोको बारेमा चासो राखेका हुन्।

सरकार र निजीक्षेत्र मिलेर अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए। ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ,’अर्थमन्त्री महतले भने, ‘समाधान गर्ने पहल गरौं।’

सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता नपर्ने भन्दै अहिलेको अप्ठ्यारो अवस्थालाई सुल्झाउन मिलेर काम गर्नुपर्ने बताए। ‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन,’उनले भने, ‘सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीतिक विषय र आर्थिक दायित्वबीचको तादात्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको बताए। बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्य राख्दै सँगै लैजानुपर्ने बताए। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको महतले बताए। ‘आर्थिक सूचाकांक अब सकारात्मक हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरूको सल्लाह सुझावमा पुराना नीतिहरू समय सापेक्ष बनाउने पहल गरिएको हो।’

निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए। ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो। अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारोलाई थोरै भए पनि सहज गर्न मदत गर्न सक्छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App