२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा शृङ्गारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले बुढानिलकण्ठ, काठमाडौंस्थित मेरिकी होलिस्टिक वेलनेस रिट्रिटका सेवामा १५ प्रतिशत, जावलाखेल ललितपुरस्थित बर्गर स्याकका सेवामा १० प्रतिशत, बुटवल उपमहानगरपालिका अमरपथस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमीका सेवामा २० प्रतिशत र भाटभटेनी टंगालस्थित छोटु युनिसेक्स सैलुनका सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

प्रकाशित: २३ चैत्र २०७९ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App