२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

खोटाङ उद्योग वाणिज्य संघमा आचार्य

खोटाङ उद्योग वाणिज्य संघको एघारौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन्। बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे।

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदातामा चार सय ८० मत खसेको थियो। सुमन श्रेष्ठलाई पराजित गर्दै अजय बस्नेत महासचिवमा निर्वाचित भए। कोषाध्यक्षमा युधिर शाक्य विजयी भए। उनले नेत्रबहादुर कटवाललाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृत कार्कीकाे अनुसार संघको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएका थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का र महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई निर्विरोध निर्वाचित भएका थिए। 

प्रकाशित: १७ चैत्र २०७९ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App