२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन्ः मन्त्री किराँती

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन्।  

सोमवार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरु बिस्तार हुने बताए।

 उनले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए। मन्त्री किराँतीले नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरे। उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्सुक बनाउने बताउनु बताए।  

मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए।  

प्रकाशित: १४ चैत्र २०७९ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App