१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्‍याली

लघुवित्त बचाउन माग गर्दै विराटनगरमा निकालिएको र्‍यालीमा सहभागिहरू। तस्बिर : चुमन बस्नेत

लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्‍याली निकालिएको छ। विराटनगरको हाटखोलाबाट सुरू भएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै पुन: हाटखोलामा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा लघुवित्त वित्तीय संस्थाका कर्मचारी, ऋणी र बचतकर्ता महिला समूहका सदस्यहरू सहभागी थिए। उनीहरूले लघुवित्त पीडित संघर्ष समितिको नाममा लघुवित्त वित्तीय संस्थाहरूको विरुद्ध गतिविधि भइरहेको भन्दै संघर्ष समिति विरुद्ध पनि नारावाजी गरेका थिए।

मोरङका विभिन्न स्थानबाट विराटनगरमा आएका लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्त रुपी बृक्षको रक्षा गरौं, गरिवहरुको वित्तीय पहूँच हुनु पर्छ जस्ता नारा लगाएका थिए। लघुवित्त वित्तीय संस्थाका विरुद्धमा संघर्ष समिति नै गठन गरी  देश व्यापी आन्दोलन  भइरहेको छ।

लघुवित्तविरुद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका सदस्यहरूले केहि दिन पहिले मोरङको कर्सियामा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गरेका थिए। कर्मचारी माथि आक्रमण भएपछि लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले असुरक्षित महशुस गरिरहेका वेला विराटनगरमा लघुवित्त वित्तीय संस्थालाई बचाउन माग गर्दै बिहीबार लघुवित्तका ऋणी र सदस्यहरूले शान्तिपूर्ण र्‍याली आयोजना गरेका हुन्।  

प्रकाशित: २६ फाल्गुन २०७९ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App