सिजी होल्डिङस्ले बिक्री गर्दै आएका सुजुकी ब्राण्डका विभिन्न मोडलहरूमध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरूको बिक्री व्यवस्थापन गर्न सिजी एनएक्सटीजेनको अवधारणा ल्याइएको छ।
ग्राहकलाई विश्व स्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको हो।
नक्सालस्थित स्मार्ट सिरोजेनिक्स सोरूमको उद्घाटन सिजी होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूणकुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाले संयुक्त रूपमा गरेका छन् ।
सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सिजी एनएक्सटीजेन च्यानलको लक्ष्य भएको कम्पनीले जनाएको छ।ग्राहकलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको तथा सुजुकी ब्राण्डका प्रिमियम गाडीहरू खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय रहने कम्पनीको विश्वास छ ।
प्रकाशित: १६ फाल्गुन २०७९ ०१:४३ मंगलबार




