१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा नेताको दाबी: कुलमानको पार्टी हामीले नै बनाइदिएको हो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता पुकार बमले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि आफूहरूले नै बनाइदिएको दाबी गरेका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै बमले यस्तो दाबी गरेका हुन्। 

‘उहाँसँग केही त थिएन। १५ प्रतिशत, २० प्रतिशत, लगभग ५० प्रतिशत त हाम्रै साथीहरू हामीले त पठाएका थियौँ नि,’ बमले भने,‘जानुस्, त्यो ठाउँमा पछि लोभी पापी जोडिन सक्छन्। हामीले त्यो डिरेल नहोस् भनेर।’ 

त्यो बेला खराब सोचका साथ नभई राम्रो सोचका साथ मानिस पठाएको उनले दाबी गरे। उनले अगाडि भने, ‘अल्टिमेट्ली हामी तिरै आउने हो। सुझबुझपूर्ण ढंगले व्यक्ति जानुभन्दा पार्टी जानु बार्गेनिङ छलफल सजिलो हुन्छ भनेर उहाँले संगठन विस्तार गर्न लाग्नुभएको थियो।’ 

तर, रास्वपाले कुलमानलाई संगठन बनाउनुअघि नै प्रधानमन्त्रीको प्रस्ताव गरेको दाबी गरे। ‘म आफै डिपी सरलाई कन्भिन्स गरेर गएको हो। स्वर्णिम दाइले कन्भिन्स गर्दा खेरी उपाध्यक्ष छाडेर पनि प्रधानमन्त्री दिन तयार छु। स्विकार्न तयार छु भनेको कुरा हो,’ उनले भने।  अझै पनि सच्याएर कुलमानसँग एकताका सम्भावना खुला रहेको उनले बताए । 

प्रकाशित: १४ माघ २०८२ १९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App