१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।  

बुधबार राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप जिरो पोइन्टस्थित सौडानी खोलामा अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो। 

जिपमा चालकसहित सात जना सवार थिए। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो। उपचारका क्रममा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन्। 

घाइतेमध्ये सोमनी, अविनास, निरज र चालक सन्तोषको अवस्था मध्यम रहेको छ भने करन र सुनिलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ कार्तिक २०८३ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App