१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने

श्याग्या महोत्सवको बारेमा जानकारी दिन बुधवार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलन।

उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुन लागेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए। ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।

‘चुम क्षेत्र अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव आयोजना गरिएको हो’ उनले भने। चुमनुब्री गाउँपालिका ७ छेकम्पारको राजेन गुम्बामा उक्त महोत्सव हुने बुधवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरि जानकारी दिइयो।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयारी छ। पहिलो दिन प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता जनाउने छन्। ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुनेछन्। महोत्सव अवधीभर सकेको धेरै वृक्षरोपण गर्ने योजना आयोजक समितिको छ। अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरुको छलफल गोष्ठी पनि आयोजना गरिएको छ। परम्परागत खेलकुद, घोडेजात्रा लगायत कार्यक्रम समेटिएका छन्।

‘अहिसाको अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले सम्पूण चुमवासीहरुको सामाजिक तथा साँस्कृति प्रतिबद्धतालाई अझ बलियो बनाउने गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

महोत्सवमा एक करोड २६ लाख खर्च लाग्ने अनुमान गरिएको छ। चुमनुब्री गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरिएको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले आठ लाख रुपैया बजेट विनियोजन गरेको छ। बाँकी रकम बिभिन्न दाताहरुबाट संकलन गरिने आयोजकले जनाएको छ।

महोत्सव स्थल छेकम्पार भौगोलिक रुपमा टाढा र सडक सञ्जाल पुगेको छैन। हेलिकप्टरबाट जानुपर्ने भएकाले महोत्सवमा एक हजार भन्दाबढि पुग्ने अनुमान आयोजकको छ। चुम उपत्यका बाहेक अन्यत्र कुनै निश्चित भूगोल नै अहिंसा क्षेत्र तोकिएको थाहा नपाएको अध्यक्ष लामाले बता । त्यस्तै, चुम उपत्यका बृद्ध दर्शन र जैविक विविधताको खुला संग्रहालय भएको उनको दावी गरे।

नेपाल बृद्धको जन्मभूमि भएकाले विश्वसमा शान्तिको सन्देश दिन, अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए।

चीनसँग सीमा जोडिएको गोरखाको साविकका छेकम्पार र चुम्चेत गाविसका स्थानीयले काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु खाने तथा मासु खाने प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन नगर्ने, सोही उद्देश्यले चुम उपत्यका हुँदै हिडाउन दिँदैनन्। त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता स्थानीयबिच छ।

चुमभ्याली घुम्न जाने आन्तरिक तथा बाहय पर्यटकहरुले पनि सोहि नियम लागु हुन्छ। यहाँका सबै होटलहरु शाकाहारी छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App