२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

शैलुङ बहुउद्देश्यीय सहकारीमा गुञ्जमान मगरको अध्यक्षतामा नयाँ नेतृत्व

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित शैलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं साधारणसभा तथा सातौं अधिवेशनले गुञ्जमान मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा जानुका मगर, सचिवमा बालकृष्ण राई र कोषाध्यक्षमा अन्जना मगरलाई चुनेको छ।

सञ्चालक समिति सदस्यहरूमा शेरबहादुर मगर, कृष्णबहादुर राई, कुमारी मगर, देवीकुमारी मगर, नरमाया मगर, खड्गबहादुर सारु मगर र दीपसागर थापा मगर छन्। साधारण सभाले अनिलकुमार राना मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि बनाएको छ। सो समितिमा मेरी आले मगर र मीनाकुमारी थापा मगर सदस्य छन्। २०५१ सालमा स्थापित सहकारीले कृषि क्षेत्रको प्रवर्द्धनमा जोड दिँदै आएको नवनिर्वाचित अध्यक्ष गुञ्जमानले जानकारी दिए। 

प्रकाशित: २९ माघ २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App