१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेक मेलाको आयोजना

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा क्यान इन्फोटेक मेला हुने भएको छ।

माघ २४ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८ औँ संस्करणको मेला आयोजना गर्न लागिएको हो। इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए।

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको आयोजना गर्दै आएको छ। नेपालमा सूचना, सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनलाई मुलुककै ठूलो प्रदर्शनीका रूपमा हेरिएको छ। वार्षिक रूपमा आयोजना हुने प्रर्दशनी सूचना प्रबिधिसम्बन्धी चासो राख्नेहरूको लागि जानकारी लिने विषेश थलो हुने विश्वास लिइएको छ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार बिस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर हो।

क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ। प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरूको छाता संस्था हो। यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरूको हक हितका लागि काम गर्दै आएको छ।  

प्रकाशित: १३ माघ २०७९ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App