१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मिस्टर एण्ड मिस लिटल कोसीको उपाधि सार्थक र आरवीलाई

मिस्टर एण्ड मिस लिटल कोसीको ५ औं संस्करणको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन्।

आरवीले मिस लिटल कोसी र सार्थकले मिस्टर लिटल कोसीको उपाधि जितेका हुन्। जय मिडिया म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको फाइनल चरणमा मिस लिटलतर्फ ३० जना र मिस्टर लिटलतर्फ १४ जनाले प्रतिष्पर्धि थिए। प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिमा विराटनगरकी अनिशा राजवंशी र विराटनगरकै केशव झाले प्राप्त गरे।

मिस लिटलफर्तको फस्ट रनरअप सुनसरी इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहितकुमार साह भए। सेकेण्ड रनरअप मिसमा विराटनगरकी प्रतिक्षा श्रेष्ठ र मिस्टरमा आरुष दाहाल भए। थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वेच्छ श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए। र्फोथ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ भए।

मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्मायलको उपाधि विराटनगरकी स्वेच्छ श्रेष्ठले जितिन् भने मिस पर्सानालिटीको उपाधिमा इनरुवाकी अन्तरा सुब्बा भइन्। मिस हार्डवर्किङको उपाधि इनरुवाकी साक्षी यादवले जितिन्। मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरिना सुवेदी, मिस फोटोजेनिकको विराटनगरकी स्वर्णिमा भट्टराई भइन्।

यसैगरी, मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्युट कटहरीकी हिमानी राजवंशी, मिस कन्फिडेन्ट विराटनगरकी परी नेवटिया र मिस चार्मिङ इटहरीकी अविज्ञा पोखरेल भए।

यस्तै, मिस्टर पपुलर, मिस्टर ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराईले जिते। मिस्टर मल्टिमिडिया र मिस्टर फोटोजेनिकको उपाधि आरुष दाहालले जिते। मिस्टर पब्लिक च्वाइस रोहितकुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार र मिस्टर क्युट विराटनगरका प्रसुन तामाङ भए।

प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले पुरस्कार वितरण गरे। मिस्टर एण्ड मिस लिटल कोसीका विजेताले जनही ३०/३० हजार रुपैयाँ प्रमाणपत्र प्राप्त गरे। फाइनलका प्रतिष्पर्धिले प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरे।

प्रकाशित: १२ मंसिर २०७९ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App