१० माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

नीलमको 'चीरहरण' अमेरिकामा बिमोचन

वासिङ्टन डिसी—पाँच जना नेपाली र अमेरिकन जेष्ठ नागरिक आमाहरुबाट आख्यानकार नीलम कार्की निहारिकाको उपन्यास चीरहरण अमेरिकाको नर्थक्यारोलिना राज्यमा सार्वजनिक भएको छ। महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा, सत्यवतीदेखि द्रोपदीसम्म पुग्दा नारीका तमाम सामाजिक विवशता, हिंसा साथै धृतरास्ट्रहरुको सिंहासन मोह, सकुनी षड्यन्त्र, राजनैतिक दाउपेच र महायुद्ध जस्ता घटनामा वर्तमान समय पनि भेट्न सकिन्छ।

'कुन्ती पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका पनि साझा प्रवृत्ति हुन्| दिनहु जसो समाचार बनेका, बेबारिसे अबस्थामा भेटिने नब शिशु र बलत्कारका घटनाहरु यिनका प्रमाण हुन्।'

द्वापर युगको ऐनामा कलियुग नियालिएको कृति विमोचन पश्चात अनेसास नर्थक्यारोलिना च्याप्टर अध्यक्ष् मनोज प्रधानले उपन्यासकार को गहन अध्ययन र धैर्यताले नै यति महत्वपूर्ण कृति नेपाली साहित्यले प्राप्त गर्न सकेको बताए। लेखक स्वयं नारी भएको हुँदा नारी पात्रको मनोविज्ञानलाई राम्रोसँग केला केलाइएके उनले बताए।

५४० पृष्ट रहेको उपन्यास सांग्रिला प्रकासनले प्रकाशित गरेको हो। चीरहरणको मुल्य ५५५ रहेको छ। वैशाख दोस्रो साताबाट नेपाल भर उपलब्ध हुने कार्यक्रममा जानकारी दिइयो।

६ कक्षा पढ्दा आमा कविताबाट लेखन आरम्भ गरेकी नीलम कार्की निहारिकाको कलम मुख्यतया कविता, कथा र उपन्यास विधामा चल्ने गर्छ। रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुँदै अघि बढेकी निहारिको कलम कथा लेखनमा विशेष सिद्दहस्त मानिन्छ।

९ वर्षदेखि अमेरिका बसेर कलम चलाइरहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चित बनेको थियो।

प्रकाशित: ५ वैशाख २०७३ २२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App