२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन अष्ट्रियाको अध्यक्षमा खतिवडा

लन्डन- गैरआवासीय नेपाली सँघ अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा विजयी भएका छन् । आइतवार सम्पन्न भएको त्रिपक्षीय निर्वाचनमा खतिवडाले १२२ मत प्राप्त गर्दै विजयी भए ।अध्यक्ष पदका लागि अन्य उम्मेदवारद्धय ध्रुव पौडेल र मुक्त गुरुङले क्रमशः ११४ र ६० मत ल्याए । दुई  उपभापति पदका लागि भएको निर्वाचनमा कुमार थापाले १७४ मत र नेत्र बहादुर खड्काले १६० ल्याएर विजयी भए । कुमार अधिकारीले १३९ मत ल्याएर तेस्रो स्थानमा आए । यस्तै  महासचिवमा गोपाल बाबु श्रेष्ठले १४० मत ल्याएर विजयी भए । महासचिबका उम्मेदवार रविचन्द्र भट्टराईले ६० मत र सागर सुवेदीले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा बिनोद खड्काले झोनो मतअन्तरले विजयी हासिल गरे । उनले १४७ र अर्का उम्मेदवार निर्मल पौडेलले १३९ मत पाए । उनका प्रत्यासी महेन्द्र लिम्बुले ९८ मत प्राप्त गरे ।

सचिबमा यम नारायण मानन्धरले १८७ मत प्राप्त गरि विजयी भए । सदस्यहरुमा लक्ष्मी देवान, कृष्णलाल श्रेष्ठ, बिनोद चौलागाई, गोपी भट्टराई, लोक बहादुर श्रेष्ठ र अमृत पौडेल निर्विरोध भए ।

निर्वाचित पदाधिकारीहरुलाई गैरआवासीय नेपाली सँघ युरोपका संयोजक कुल आचार्यले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

प्रकाशित: १५ चैत्र २०७२ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App