१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

युएइमा नेपालीले मनाए होली

युएई- युएइमा बस्दै आएका नेपालीले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएइमा रहँदै अाएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्।मुस्लिम बहुल युएइको बरदुबईमा नेपाली ट्राभल, रेष्टुराँ र फेन्सी पसलहरुमा गई रंग लगाएर होली मनाइएको हो। अर्कालाई रङ लगाउदै रमाइलो गरेको देख्ने अन्य मुलुकका पर्यटकहरु पनि नेपालीको होलीमा सहभागी भएका थिए। उनीहरुले नेपालीको धुनमा नाच्दै रङ लगाउने कार्यमा साथ दिएका थिए।
uae holi1
नेपाल विजनेस काउन्सिल युएइका कोषाध्यक्ष एकेन्द्र थापा आफ्नो चाड विदेशी भूमिमा मनाउन पाउँदा खुशी सीमा नरहेको बताउँछन्।

दुबइमै व्यापार गर्दै आएकी मोती राई मरुभूमिमा काम गरिरहेका नेपालीबीच होली खेल्न पाउँदा विदेशी जीवन नै रंगमय बनेको सुनाउँछिन्। होलीले सबै नेपालीमा सद्भाव र एकता बलियो बनाउने उनको धारणा छ।
uae holi2
नेपालीहरुको होली कार्यक्रममा युएइमा बसोबास गर्दै आएका व्यवसायी तथा पेशाकर्मीहरुको उपस्थिति थियो।

प्रकाशित: ११ चैत्र २०७२ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App