२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन



काठमाडौं—मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन भएको छ। एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवाशीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्तबहादुर बिष्ट अधक्ष्य रहेका छन्।

समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपादक्ष्य, कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार केसी कोषाध्यक्ष छन् भने सदस्यहरुमा प्रशान्त शर्मा, लबकुमार थपलिया, उमेश दाहाल, सुमन बिके, सुनिल बिके र दुतराज लामा चयन भएका छन्।

एनआरएनए अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यातक राष्ट्र मध्य एक राष्ट्र हो। यहाँ करिब २५ नेपालीहरु विभिन्न ब्यबाशायमा सलग्न छन्। इकोटिरियल गुयाना अब एनआरएनए को ७३ औं शाखा र र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ।

प्रकाशित: १० चैत्र २०७२ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App