ओकिनावाको जेसियस जापानी भाषा कलेजमा अध्ययनरत उनले सोही कलेजमा अध्ययनरत दाई केशव खनाललाई सम्वोधन गर्दै सुसाइड नोट समेत लेखेका छन्।
नोटमा उनले घरपरिवारलाइ हेरिदिन भनेका छन्। 'दाई, म मर्दैछु, साथीसंग १० हजार पैसा लिनुछ, मेरो घर परिवारलाई हेरि दिनुहोला', उनको सुसाइड नोटमा भनिएको छ।
सुसाइड नोट उनकै खल्तीमा फेला परेको थियो। स्थानीय एक कृषि फर्ममा पार्टटाइम काम गर्दै आएका उनी दाई केशब खनालको सहयोगमा जापान आएका थिए।
फेसबुकमा पाेखेका थिए निरासा
कमल केही समययता तनाबमा देखिन्थे। कलेजले हालै स्वास्थ्य जाँच गर्न स्थानीय अस्पतालमा लगे पश्चात उनी थप निरास देखिएका थिए। पछिल्लो केही समय यता फेसबुकमा उनले जापानदेखि दिक्क भएको भन्ने स्ट्याटस लेखेका थिए। ज़िन्दगीदेखि हार खाएको भन्ने खालका स्ट्याटस पनि फेसबुकमा अपडेट भएको पाइएको छ।
हाल उनको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा लगेको छ। आत्महत्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन।
एक महिना अन्तरालमा जापानमा नेपालीले गरेको यो दोस्रो आत्महत्या हो। यसअघि माघको तेस्रो साता टोकियोमा गुडिरहेको रेलको लिकमा हाम्फालेर ओमकार कँडेलले आत्महत्या गरेका थिए।
एक महिनाभित्रै दुई युवाले गरेको आत्महत्याले आफूलाइ गम्भीर बनाएको जापानका लागि नेपालका कार्यवाहक राजदूत गहेन्द्र राजभण्डारी बताउँछन्। 'नेपालीले यस्तो कदम चाल्न यहाँ किन बाध्य भइरहेका छन्? यसको कारण पत्ता लगाएर समाधान खोज्नेतर्फ दूतावास गम्भीर रहेको छ', उनले भने।
प्रकाशित: ८ फाल्गुन २०७२ २३:५६ शनिबार





