कार्यक्रममा टोकियो विश्वविद्यालयमा ग्लोवल हेल्थ विषयमा शोध अनुसन्धान गर्दै आएका डाक्टर प्रकास शाक्यले जापानमा रहेका नेपालीहरुमा रोग लुकाएर बस्ने समस्या देखिएको उल्लेख गरे। आफनो अध्ययनक्रममा जापानका विभिन्न क्षेत्रका नेपालीहरु शरीरमा रोग लागेको थाहा भएर पनि अस्पताल जान हिच्किचाउने गरेको उनले सुनाए।
मनोविज्ञ डा।विजय ज्ञवालीले विदेशिएका नेपालीहरुमा मानसिक रोग अत्यधिक मात्रामा रहेको कुरा जानकारी गराउँदै नेपालीहरू सामान्य हेलचेक्राईका कारण गम्भीर मानिस रोगको शिकार भइरहेको उल्लेख गरे। विदेशी भूमिमा रहनेहरूले शारीरिक तथा मानसिक समस्याबारे थप सचेत हुनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा।विशाल ज्ञवालीले क्यान्सर रोग लाग्न नदिन नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बताएका थिए। क्यान्सर रोग लाग्नुको मुख्य कारण मध्यपान तथा धुम्रपानका कारण ३० प्रतिशत, खराव खानपानका कारण ३५ प्रतिशत, अन्य रोगको उपचार अभावमा २० प्रतिशत तथा अन्य विभिन्न कारणले क्यान्सर भएर मानिसको मृत्यु हुने गरेको उनले जानकारी दिए। यस्तै मुटुरोग विशेषज्ञ डा।संदीप शाक्यले मुटुरोगको उपचार सबैभन्दा महंगो भएकाले खानपान तथा अन्य शारीरिक व्यायाम गरी मुटु स्वस्थ राख्न सकिने बताए।
शरिरको मोटोपन, नियमित व्ययाम तथा खानपिनमा ध्यान दिदाँ रोगबाट बच्न सकिने उनको धारणा थियो। सोही कार्यक्रममा डा सुजता शाखले दाँत तथा मुखको नियमित सरसफाई गर्दा मुखको रोगबाट बच्न सकिने उपाय जानकारी गराइन्।
जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा करिब डेढ सय जना सहभागी थिए। जुखराई सुवालले कार्यक्रम सान्दर्भिक भएको भन्दै यस्ता कार्यक्रम टोकियोभन्दा अन्य सहरूमा पनि गरिनुपर्ने बताए।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, व्यवसायी महेश श्रेष्ठ, बाँके वर्दिया समाजका सल्लाहकार अमित सुवेदी लगायतले स्वास्थ्य सचेतना कार्यक्रमको प्रभावकारिता बारे बोलेका थिए। संस्थाका अध्यक्ष जनकविक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले चिकित्सकहरुलाई रोग र निराकणबारे जिज्ञासा राखेका थिए।
प्रकाशित: ५ फाल्गुन २०७२ ०७:२२ बुधबार





