१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

रेलको लिकमा हाम्फालेर जापानमा नेपालीले अात्महत्या गरे

जापान-जापानको राजधानी टोकियोमा गुडिरहेको रेलको लिकमा हाम फालेर एकजना नेपालीले आत्महत्या गरेका छन्। टोकियोस्थित केक्यु लाईनको ओईमाची रेल्वे स्टेशन नजिक गुडिरहेको रेलको लिकमा बिहीबार करिब २ बजे नेपाली युवा ओमकार कँडेलले हामफालेर आत्महत्या गरेका हुन्।पारिवारीक भिषामा करिब २ बर्ष अगाडी जापान आएका उनी काँडेवास-९ गल्कोट घर भएका टोपलाल कँडेलका २१ वर्षीय छोरा रहेको गलकोट समाज जापानका उपाध्यक्ष दिलु खत्रीले नागरिकन्युज़लाई बताए। ओमकारले सुसाईड नोट लेखेर हिडेको केहि बेरमा रेलको लिगमा हाम फालेका हुन्। उनले सुसाइड नोटमा आफनै कारणले जिंदगीबाट बिदा लिने निर्णयमा पुगेको बताएका छन्।

बाबु, आमा र भाईसँग कामता भन्ने स्थानमा बस्दै आएका कँडेल जेठा छोरा हुन्। पछिल्लो केही समययता पुराना साथिभाईहरूसँग भेटघाट गर्ने तथा घुमघाम कार्यलाई प्राथमिकता दिएका थिए।

उनले किन आत्महत्या गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: २१ माघ २०७२ २३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App