मोरङ घर भइ साउदीमा बस्दै आएका लक्ष्मण हजारी, राजेश भगतलगायतको समूहले घाइतेहरुका लागि सहयोग रकम जम्मा गरेको चौधरीले बताए ।
'अधिकारको आन्दोलनमा थारु दाजुभाइहरु घाइते भएका छन्, उहाँहरुको उपचारार्थ सहयोग गर्नु हाम्रो दायित्व हो,' साउदीबाट लक्ष्मण हजारीले टेलिफोनमा भने, 'यो सहयोगले उहाँहरुको उपचार होस् भन्ने चाहेका छौं ।'
दुई महिनादेखि जारी आन्दोलनका क्रममा सयौं थारुहरु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित: १८ आश्विन २०७२ ०७:१४ सोमबार





