१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

चुनावी चर्चाः ताप्लेजुङमा एकै पालिकाबाट पाँच उम्मेदवार

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका क्रममा ताप्लेजुङमा मनोनयन दर्ता गरेका १३ उम्मेदवार ३८ देखि ६६ वर्ष उमेर समूहका देखिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्मीकपुर शाहका अनुसार सबैभन्दा कम ३८ वर्षका एमाले उम्मेदवार क्षितिज थेबे रहेका छन् भने सबैभन्दा बढी ६६ वर्षका जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ उम्मेदवार रहेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू ५५ वर्षका,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ लिम्बू ४४ वर्षका,नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू ४८ वर्षका,नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री ५० वर्षका रहेका छन् । 

यसैगरी श्रम संस्कृति पार्टीका सन्तोष राई ४९ वर्षका,जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बू ४८ वर्षका,राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा ६३ वर्षका, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ५५ वर्षका,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेल ६१ वर्षका,उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन ६५ वर्षका र नेपाली काँग्रेस पार्टीका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू ४६ वर्षका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

५ जना उम्मेदवार एकै पालिकाका 

ताप्लेजुङमा उम्मेदवारी दर्ता गरेका १३ मध्ये ५ उम्मेदवार सिरिजङ्गा गाउँपालिकाका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू(खेवाङ),नेकपा एमालेका क्षितिज थेबे(सिनाम),नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री(पेदाङ),राश्वपाका वीरेन्द्र श्रेष्ठ(सिनाम) र श्रम संस्कृति पार्टीका सन्तोष राई(याम्फुदिन)का रहेका छन् । 

अन्य ८ उम्मेदवारमध्ये फुङलिङ नगरपालिकाका चार तथा फक्ताङलुङ,मिक्वाखोला गाउँपालिकाका दुई–दुईजना रहेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ र नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेल फक्ताङलुङका हुन् भने राप्रपाका इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू मिक्वाखोलाका हुन् । 

मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू,जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बू,जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ र उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन फुङलिङका हुन् ।  

प्रकाशित: ७ माघ २०८२ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App