७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

युनेस्कोलाई नेपाल सरकारले दियो बुद्धको मुर्ति उपहार

लन्डन- नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) लाई उपहार स्वरुप भगवान गौतम बुद्धको मूर्ती प्रदान गरेको छ। युनेस्कोका महानिर्देशक ईरिना बोकोभालाई फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेलले पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयको भवनमा मूर्ती प्रदान गरेको पेरिस स्थित नेपाली दूतावासले जनाएको छ।


बुधवार आयोजित समारोहमा फ्रान्स निवासी कम्पुचिया तथा श्रीलंकाका बौद्ध गुरु तथा भिक्षुहरुले त्रिपिटक मन्त्रहरु उच्चारण गरी आशिर्बाचन गरेका थिए।
कार्यक्रममा बोल्दै राजदूत लुइटेले नेपाल सरकार विश्व शान्ति र मानव कल्याणको लागि सदा अन्तर्राष्ट्रिय समुदायसंग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन्। उनले भगवान बुद्धको शान्ति, सत्य, प्रेम, अहिंसा, त्यागको शिक्षा र सन्देश अनुशरण गरेमा मानव दुःखको निवारण भई मानवजातिको कल्याण हुने बिचार ब्यक्त गरिन्।
लुइटेलले भूकम्पबाट क्षति भएका ऐतिहासिक र पूरातात्विक महत्वका स्मारक र भवनहरुको पुनर्निर्माणका लागि नेपाललाई आर्थिक सहयोग उपलव्ध गराउन युनेस्को तथा दाता राष्ट्रहरुलाई आग्रह समेत गरिन्।
उक्त अबसरमा, बौद्ध भिक्षुहरुको तर्फबाट कम्पुचियाका बौद्ध गुरु भेनेरबल रोस बुन्तान, थाईलैण्ड र म्यानमारका राजदूत तथा स्थायी प्रतिनिधिहरु क्रमशः आपिचार्त चिनवान्नो र हान थुले लगायतले मन्तब्य दिएका थिए।
युनेस्कोका महानिर्देशक ईरिना बोकोभा मूर्ति नेपाल सरकारले युनेस्कोलाई उपहार प्रदान गरेकोमा धन्यवाद दिइन् उनले मूर्तिले नेपालको युनेस्कोको मान्यताप्रतिको प्रतिबद्धतालाई सशक्त रुपमा अभिव्यक्त गरेको र शान्तिको लागि सहिष्णुता, बार्ता, आदर र समान मार्यादा जस्ता मान्यताहरुले गहिरो जरा गाडेको बिचार ब्यक्त गरेको बुधवार दूतावासद्धारा जारी वक्तब्यमा उल्लेख छ। उनले नेपालको पुनर्निर्माण र पुनर्स्थापनाकालागि युनेस्को दृढताका साथ सहयोग गर्न प्रतिबद्ध जनाइन्।

प्रकाशित: १५ असार २०७२ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App