वाशिंगटन डिसी– गैर आवासीय नेपाली संघ ,राष्ट्रिय सम्मन्वय परिषद्, संयुक्त राज्य अमेरिकाको निर्वाचनमा अनियमितता भएको भन्दै विवाद २० जना उम्मेद्वारले असन्तुष्टि जनाएका छन्।
एनआरएन अमेरिकाको निर्वाचन गत अप्रिल १६ देखि २० सम्म सम्पन्न भै नयाँ कार्यकारी समितिले काम समेत शुरू गरिसकेकाे छ। तर, उम्मेदवार बनेका २० जनाले असन्तुष्टि जनाउँदै न्याय दिलाई पाउँ भनी एनआरएन आईसीसी अन्तर राष्ट्रियलाई ध्यानाकर्षण गराएका छन्l निर्वाचनको परिणामको घोषणा २५ अप्रिलमा गरिएको थियो।
उम्मेदवारहरुले अनुमान गरेअनुसार निर्वाचन परिणाम नअाएपछि निर्वाचन आयोगसमक्ष तत्कालै उम्मेदवारहरुले परिणामको पारदर्शिताका सम्बन्धमा प्रश्न राखेको अध्यक्षका उम्मेद्वार गणेश कुँवरले बताए l
उम्मेदवारहरुले ३ पटक सम्म एनआरएन अमेरिकाका तत्कालिन निर्वाचन समितिसमक्ष कुरा राख्दा पनि सुनुवाई नभएको कारण अन्त्यमा एनआरएन आईसीसी अन्तरराष्ट्रियलार्इ ध्यानाकर्षण गराएकाे कुँवरले बताए l निर्वाचनको परिणाममा असन्तुष्टि जनाउँदै उम्मेदवारहरुले कुन राज्यबाट कति मत प्राप्त गरेका छन् त्यसमा जवाफ मागेका छन्।
निर्वाचन सम्पन्न गराएको सिम्प्ली भोटिंग कम्पनीले मतदान प्रक्रिया, राज्यहरू बाट प्राप्त मत हेर्न आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको कुँवरले बताएl ७ हजार ६ सय मतदान भएकोमा थियाे।
प्रकाशित: २५ जेष्ठ २०७२ २२:१५ सोमबार





