१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

इरान यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

इरानमा विकसित हुँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राखेर परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई इरान यात्रा नगर्न आग्रह गरेको छ। मन्त्रालयले मंगलबार एक यात्रा चेतावनी जारी गर्दै हाल इरान जान योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न अनुरोध गरेको हो।  

त्यसैगरी, इरानमा बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकलाई इरानी सरकारले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आफ्नो सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।  

परराष्ट्र मन्त्रालयले इरानको पछिल्लो अवस्थाको नजिकबाट निगरानी गरिरहेको जनाउँदै आपतकालीन अवस्थामा सहयोगका लागि मन्त्रालय तथा सम्बन्धित कूटनीतिक नियोगसँग निरन्तर सम्पर्कमा रहन नेपाली नागरिकलाई अनुरोध गरेको छ। 

आपतकालीन सहयोगका लागि काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका सम्पर्क नम्बर तथा इमेल ठेगानामा सम्पर्क गर्न सकिने जनाइएको छ। साथै, इरानमा रहेका नेपाली नागरिकले दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ पुस २०८२ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App