२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

भारतका प्रधानमन्त्री मोदीले भनेः प्रशान्तको जीवन यात्राले कडा परिश्रम गर्न प्रेरणा दिन्छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा दुःख व्यक्त गरेका छन्। तामाङ पत्नी मार्था एलीलाई शोक पत्र पठाउँदै मोदीले तामाङको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्।  

प्रशान्तको गायन र अभिनय कलाको खुलेरै प्रशंसा गर्दै उनले शोक पत्रमा लेखेका छन्, ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयमार्फत प्रशान्त तामाङ जीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो। दृढ संकल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मानिसहरूको मन जित्नुभयो। प्रशान्त तामाङ जी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ।’  

प्रधानमन्त्री मोदीले प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरणा दिने उल्लेख गरेका छन्।  ‘यस कठिन घडीमा उहाँसँग बिताएका स्मरणीय क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गरोस्। परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्राप्त होस्,’ शोक पत्रमा उल्लेख छ ।  

आइतबार कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएका प्रशान्तको आफ्नै गाउँ दार्जिलिङमा धार्मिक परम्पराअनुसार आज मंगलबार अन्त्येष्टि गरिँदैछ।

प्रकाशित: २९ पुस २०८२ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App