
अमेरिकाको सेवेन-इलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्पर्धा गौतमले गत मार्च १६ देखि मार्च २९ तारिखसम्म केबल १४ दिनको लागि गरिएको मतदानमा उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए।
गौतम गत अप्रिल २९ तारिखमा टेक्सासको डलसमा अन्तर्वार्ता दिन गएका थिए भने मे ४ तारिखमा प्रतिस्पर्धाको नतिजा प्रकाशित गरिएअनुसार गौतमले १ लाख ९० हजार डलर (झन्डै २ करोड नेपाली रुपैयाँ) राशी बराबरको एउटा सेवेन-एलेवेन पसल जितेका हुन्।
गौतमले सेवेन-एलेवेन स्टोर्स आफूले चाहेको स्थानमा लिन पनि पाइने भएकोले डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले उक्त क्षेत्रमा सन्चालन गर्ने बताए।
पसल बिजेता गौतमले सेवेन-एलेवेन पसल मात्र अथवा सेवेन-एलेवेन ग्यास स्टेसनसहितको (इन्धन चौकी) पनि छनौट गर्न पाइने बताए।
अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० भन्दाबढी देशहरुमा सेभेन-ईलेभन सहुलियत पसलहरु सन्चालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन (ईन्धन चौकी) सन्चालनमा रहेका छन्।
सेभेन-ईलेभन पुरस्कार अमेरिकी सेनामा कार्यरत भेटेरन (पूर्वसेना) लाई सम्मान तथा प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबैभन्दा धेरै मत प्राप्त गर्ने भेटेरनलाई एउटा सेवेन/लेवेन स्टोर्स स्वामित्वको दिइन्छ।
झन्डै १ दशकदेखि अमेरिकामा रहँदै आएका गौतमले अमेरिकन सेनाअन्तर्गत इराक र अफगानिस्थानमा समेत काम गरि सकेका छन्। हाल उनी भर्जिनियामा परिवारसहित बस्दै आएका छन्।
अन्तिम उत्कृष्ट ३ मा पुगेका सबै प्रतिस्पर्धीलाई विजेता घोषित गरि पसल स्वामित्व दिइएको हो। गौतमले विश्व भरबाट आफूलाई मतदान दिई जिताउने हुने सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन्।
प्रकाशित: २१ वैशाख २०७२ २२:४८ सोमबार





