२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

पत्रकार उपचारका लागि मलेसियामा ४० हजार रुपैयाँ संकलन

क्वालालाम्पुर (मलेसिया)—मृगौलाको उपचार गराइरहेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहालको उपचारकालागी मलेसियामा कार्यरत नेपाली पत्रकारहरुले सहयोग रकम संकल थालेका छन्।

 

उनीहरुले पत्रकार भूमिराज पराजुलीको संयोजकत्वमा 'पत्रकार श्यामकृष्ण बचाऊ' समिति गठन गरी सहयोग रकम संकलन गर्न थालेका हुन्। अभियान थालेको एक हप्तामै यहाँ मजदुरी गर्ने नेपालीबाट १ हजार ५ सय १ रिङ्गेट अर्थात करिब ४० हजार रुपैंया संकलन भएको संयोजक पराजुलीले जानकारी दिएका छन्।

आर्थिक अवस्था कमजोर रहेका पत्रकार दाहालको पैसा अभावकै कारण ज्यान नजाओस भनेर मलेसियामा उनको उपचारका लागि रकम संकलन गरिएको समिति सदस्य अर्जुन काफ्ले बताए। काफ्लेका अनुसार थप रकम संकलन गरी चाँडै दाहालको बैक खातामा जम्मा गरिनेछ। दाहाल हाल काठमाडौंमा मृगौलाको उपचार गराएरहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७१ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App