६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

अमेरिकामा दुई नेपाली युवाले गरे आत्महत्या

सानफ्रान्सिस्को (अमेरिका)– दुई बर्षअघि लाखौं रुपैयाँ दलाललाई बुझाउँदै अमेरिका प्रवेश गरेका एक नेपालीले न्यूयोर्कमा आत्महत्या गरेका छन्।
मेक्सिको हुँदै दुई अमेरिका छिरेका दाङ तुलसीपुरका २६ बर्षिय मोहन वलीले न्यूयोर्कको व्यस्त मानिने कुइन्स रिजवडस्थित घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन्। उनी केही समय अमेरिकाको दक्षिणी राज्य टेक्सासमा बसेका थिए । केही महिना अघिमात्र न्यूयोर्क पुगेका वली आफू बस्ने घरको तेस्रो तलाबाट हामफालेका थिए।
स्थानीय नेपाली महिला इन्दिरा घर्तीमगरले उनलाई आश्रय दिएकी थिइन्। डिप्रेसनका बिरामी वलीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन। नेपालमा उनको पत्नी र तीन बर्षिया एक छोरी रहेको बुझिएको छ।
दुई साताअघिमात्र अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा अर्का एक नेपाली युवाले समुद्र माथिको पुलबाट हामफालेर आत्महत्या गरेका थिए।
सानफ्रान्सिस्कोस्थित गोल्डेनगेट पुलबाट फाल हालेर काठमाडौंका क्षितिज श्रेष्ठले आत्महत्या गरेका थिए। टेक्ससमा बस्दै आएका श्रेष्ठ सानफ्रान्सिस्को विमानस्थल ओर्लेर सिधै उक्त पुलमा पुगेर फाल हालेका थिए। उनको शव एकसातापछिमात्र ३० माइल टाढा कन्ट्रीकोस्टा भन्ने ठाउँमा फेला परेको थियो।
समुद्रमा हामफाल्नुअघि उनले पुलमा छाडेको झोला र त्यसभित्र रहेको पासपोर्ट, ल्यापटपका आधारमा सनाखत भएको थियो।

प्रकाशित: १३ मंसिर २०७१ २३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App