१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वसभामुख र पूर्वउपसभामुखद्वारा एउटै निर्वाचन क्षेत्रमा उम्मेदवारी

पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए।

उनको समर्थकमा एकराज कार्की  र प्रस्तावकमा चिन्तन पाठक रहेका छन्।

यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। 

उनले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत खत्रीले जानकारी गराए। 

प्रकाशित: ६ माघ २०८२ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App