'मैले यही बिद्यालयमा अक्षर चिनेको हुँ' शिलन्यास कार्यक्रममा करिव ५० वर्ष पुरानो दिन सम्झिदै भन्नुभयो-'आज म जहाँ छु त्यसमा सबैभन्दा ठूलो हात यही बिद्यालयको छ ।'
आफ्नो सफलताको सबैभन्दा ठूलो आधार यही विद्यालय भएकाले भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको विद्यालयलाई सहयोग गर्न आफू अग्रसर रहेको उनले बताए। 'भोली यही बिद्यालयबाट नयाँ शेष घलेहरु जन्मिउन भन्ने चाहान्छु', उनले भने।
भवन निर्माणपछि विद्यालयमा इ-लाइब्रेरी स्थापना गर्न र शिक्षकलाई तालिम दिन पनि आफूले सहयोग गर्ने घलेले घोषणा गरे। 'यो मोडल सफल भयो भने नेपालका अन्य बिद्यालयमा पनि विस्तार गर्ने छु' उनले भने।
'मेरो अभिभावक अशिक्षित भए पनि शिक्षाको महत्व बुझेको हुनाले मैले लाहुरे बन्नु परेन' उनले अभिभावकलाई आग्रह गर्दै भन्नुभयो-'आफ्ना छोराछोरीको शिक्षामा गरिने खर्च जिन्दगीको सवैभन्दा ठूलो लगानी हो भन्ने बुझ्नुहोस् ।'
आमा समूहको भवन बनाउन ३ लाख
यसैगरी अध्यक्ष घलेले आफ्नो गाउँमा रहेको आमा समूहको भवन बनाउन ३ लाख रुपैयाँ सहयोग गरेका छन्।
आफ्नै गाउँमा बसेर संस्कृति र परम्परा जोगाउन लागिपरेका गाउँलेहरुको प्रसंसा गर्दै उहाँले आधुनिक सुबिधाहरु गाउँसम्म आइपुगेकाले अब शहरतिर बसाई सर्नुपर्ने आबश्यकता नरहेको बताए।
प्रकाशित: २१ आश्विन २०७१ ०७:३५ मंगलबार




