एनआरएनका अध्यक्ष शेष घलेको प्रमुख आतित्थमा सम्पन्न सम्मेलनले सात बुँदे भ्यान्कोभर घोषणा पत्र जारी गरेको छ। स्वदेशमा लगानि भित्र्याउने, खुला विश्वविद्यालय प्रोजेक्टलाई कार्यान्वयनमा ल्याउने, संस्थाको आफ्नै भवन निर्माण गर्ने र अब बन्ने संविधानमा दोहोरो नागरिकताको विषय समेट्ने लगायतका विषयमा सम्मेलन केन्द्रित भएको थियो।
सम्मेलनमा महाबाणिज्यदुत क्रिस्टाफ म. कन्सिडाइन, साउथनर्थ सरी एमएलएका रिचार्ड लि, ब्रिटिस कोलम्बिया, सरी सिटीका कार्यवहाक मेयर लिन्डा हेप्नर, अथबास्का यूनिर्भसिटीका भाइस प्रेसिडेन्ड डा. पामेला वाल्सले सम्मेलनको सफलताको कामना गर्दै नेपाल र नेपालीलाई अवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
कार्यक्रममा अध्यक्ष शेष घले नेपालको खराब प्रशासनिक संयन्त्र, तरल राजनीतिक अवस्था र परम्परागत विचार धारणाकै कारण एनआरएनएको सिंगो अभियानमा प्रभाव परेको बताए। उनले यस्तै विविध असहज अवस्थाले गर्दा लगानि भित्र्याउने, खुला विश्वविद्यालयको अवधारण कार्यान्वयन गर्न, दोहोरो नागरिकताको विषय टुंग्याउने नसकिएको बताए।
प्रकाशित: २८ श्रावण २०७१ ०२:०६ बुधबार





