३ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

साहित्यकार तुलसी दिवस लण्डनमा सम्मानित

लन्डन– साहित्यकार तुलसी दिवस र समाजसेवी दीक्षा चपाई लण्डनमा सम्मानित भएका छन्। नेपाली साहित्यमा योगदान पुर्‍याएवापत दिवसलाई र बालबालिका तथा वृद्धाको सेवा गरेवापत चपाईलाई अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सम्मान गरेको हो। कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र वाङमयका अध्यक्ष विकल आचार्यले खादा र कदरपत्र हस्तान्तरण गरी संयुक्तरुपमा सम्मान गरेका थिए ।
आइतवार लन्डनस्थित साउथलमा भएको वीपी कोइराला शतवार्षिकी समारोहमा बोल्दै दिवसले वीपी कोइरालाको प्रतिष्ठालाई देशभित्र बन्दी बनाएर राख्नु अन्याय हुने बताए।
विश्वले जसरी बुद्ध र सगरमाथाको देश भनेर नेपाललाई चिन्छ त्यसरी नै वीपी कोइरालालाई चिनाइनु पर्ने तर्क गरे। उनले वीपी कोइरालाको योगदान अतुलनीय भन्दै शेक्सपियससँग तुलना गरे। दिवसले भने, 'शेक्सपियर अंग्रेजका मात्र साहित्यकार होइनन्, उनलाई जसरी संसारले चिनेको छ त्यसरी नै वीपीलाई विश्वले चिन्ने छ।'
साहित्यकार दिवसले वीपी कोइरालाका विभिन्न पक्षमा चर्चा गरे। उनले नेपालको गाउँगाउँमा राजनीतिक तथा मानवअधिकारको चेतना फैलाउन बिपी कोइरालाले महत्वपूर्ण भुूमिका निर्वाह गरेको बताए। मानव सभ्यतामा क्रान्ति ल्याउने आइन्टाइन्स, कालमाक्र्सजस्तै बिपी कोइरालाले पनि मानवको चिन्तनमा आमूल परिर्वतन ल्याएका छन्, दिवसले भने, 'वीपी कार्लमार्क्सको पूँजीवादी सिद्धान्तलाई आत्मसाथ गर्दै महात्म गान्धीलाई साथमा लिएर अगाडी बढे।' बिपी समयअनुसार परिवर्तन हुनसक्ने दूरदर्शी नेता भएको बताए। वीपीले राजनीतिक यात्राभन्दा पहिला साहित्यिक यात्रा सुरु गरेको दिवसले बताए।
कार्यक्रममा महाकाव्यकार नरेन्द्र पारस, कवि तथा निवन्धकार रामचन्द्र आचार्य, लगायतलाई समेत सम्मान गरियो। यसबर्षको बमबहादुर केसी समाजसेवा पुरस्कारद्वारा पवित्र सेवा समितिकी अध्यक्ष दिक्षा चपाईलाई पुरस्कृत गरियो। यस्तै अन्तर्राष्ट्रिय नेपाली बाङ्मय प्रतिष्ठनाले वीपी कोइराला नेपाली वाङमय प्रतिभा पुरस्कार स्थापना गरेको छ। नेपाली भाषा र साहित्यको विकासका लागि कलम चलाउने प्रतिभालाई प्रदान गरिने सो पुरस्कारको राशी ४० हजार रुपैयाँको रहने छ। कार्यक्रममा जगदिश शर्माको जसका नाटकहरु पुस्तकको विमोचनसमेत भयो।
कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, विज्ञान प्रसाई, खगेन्द्र पाठक, खगेन्द्र नेपाली, राजकुमार त्रिपाठी, किरण लिम्बु, सम्मानित व्यक्तित्व दीक्षा चपाईले बोलेका थिए। कार्यक्रममा छेत्रकला राईले बिनायो तथा मुर्चुङ्गाको धुन बजाइन्। कार्यक्रममा वाङमयलाई सहयोग पुर्‍याउने बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिलाई कदनपत्रले सम्मान गरियो।

प्रकाशित: ५ श्रावण २०७१ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App