उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता जोगाउनका लागि आणविक परीक्षण सहितका विभिन्न उपाय अवलम्वन गर्ने पनि अखबारले उल्लेख गरेको छ। दक्षिण कोरियाली रक्षामन्त्रीले उत्तर कोरियाद्वारा अर्को आणविक परीक्षणको तयारी गरिरहेको खुलासा गरेका थिए। खुलासापछि उत्तर कोरियाले आणविक परीक्षणको धम्की दिएको हो।
मार्चयता उत्तर कोरियाले आफ्नो सामरिक शक्ति विस्तार गरिरहेको छ। उत्तर कोरियाले गरेको मध्यम दुरीका मिसाइल परीक्षणको संयुक्त राष्ट्र संघले विरोध गरेपछि उत्तर कोरिया निकै आक्रोशित छ। मार्चमा नै उत्तर कोरियाले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आणविक परीक्षण गर्ने चेतावनी दिएको थियो।
संयुक्त राष्ट्र संघले सन् २००६ मा आर्थिक नाकाबन्दी लगाएपछि उत्तर कोरियाले मिसाइल विकास र आणविक परीक्षण त्याग्नुको साटो अझै तीव्रता दिएको छ। उत्तर कोरियाले गएको वर्ष फेब्रुअरीमा पछिल्लो आणविक परीक्षण गरेको थियो।
अमेरिकालगायत राष्ट्रले उत्तर कोरिया अहिले लामो दुरीका मिसाइलमा जडान गर्न सकिने हतियारको स्वरुप सानो बनाउन हतियार विकास कार्यक्रम सञ्चालन गरिरहेको अनुमान गरेका छन्।
प्रकाशित: २७ वैशाख २०७१ २०:१५ शनिबार




-600x400.jpg)
