७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् (एनसिसि) को ६१ देशमा निर्वाचन सम्पन्न भएको छ। संघका महासचिव डा.हेम राज शर्माका अनुसार ४२ देशको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। १९ देशमा अनलाइन भोटिङ र ७ देशमा भौतिक निर्वाचन मार्फत नेतृत्व चयन भएको शर्माले जनाए।

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।  

प्राविधीक कारणले ३१ जुलाईभित्र राष्ट्रिय निर्वाचन सम्पन्न गर्न नसकेका देश मध्ये डेनमार्कको निर्वाचन अगष्ट ७, पोर्चुगलमा केही क्षेत्रमा स्थगित भएको निर्वाचन अगष्ट ८ मा, स्लोभेनियाको निर्वाचन अगष्ट १४ तारिखमा हुने संघले जनाएको छ। 

संघको युएई राष्ट्रियको निर्वाचन प्रकृया सुरु हुन बाँकी छ। गैरआवासीय नेपाली संघको विश्वभर छरिएर रहेका ८४ मध्ये २० शाखा  निस्कृय रहेको संघले जनाएको छ। महासचिव डा.शर्माले ती राष्ट्रिय समितिलाई सकृय बनाउन थालिएको जनाकारी दिए।

प्रकाशित: २० श्रावण २०७८ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App