२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ। आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार विभिन्न जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध दाबी विरोध दर्ता भएको हो।  

उजुरी परेका उम्मेदवारहरूमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना उम्मेदवार रहेका छन्।  

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८७ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो।

मनोनयन पत्र दर्ता गरेका उम्मेदवारहरूका सम्बन्धमा माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी विरोध पेश गर्ने कार्यक्रम रहेको थियो ।  

प्रकाशित: ७ माघ २०८२ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App