गुवाहाटी– भारतको उत्तरपूर्वी आसाम राज्यमा दुई आदिवासी समूहबीच भएको झडपमा १७ जनाको मृत्यु भएको छ। झडपका कारण हजारौंलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएको छन्। आसाममा केही महिनादेखि निरन्तर झडप भइरहेको छ।
गुवाहाटीदेखि ३२० किलोमिटर टाढाको कार्बी आंगलो जिल्लामा डिसेम्बरदेखि सुरु भएको जातीय झडपका कारण करिब ४ हजार व्यक्ति शरणार्थी शिविरमा बस्दै आएका छन्। अन्तिमपटक भएको कार्बी र रेंगमा नागा आदिवासी समूहबीचको झडपमा मारिएका व्यक्तिलाई जंगल क्षेत्रमा फालिदिएको पनि सो क्षेत्रका सरकारी अधिकारीहरूले जनाएका छन्। सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिए पनि झडप रोकिएको छैन।
प्रकाशित: २४ पुस २०७० ०८:३९ बुधबार





