७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

एनआरएन अध्यक्षमा थापाको उम्मेदवारी

काठमाडौ-गैर आवासीय नेपाली संघ (एनआरएन) को अध्क्षमा रामप्रताप थापाको अध्यक्षका लागी उमेद्वारी घोषणा गरेका छन्। संघका संरक्षक रहेका थापाले विज्ञप्ति जारी गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। थापाले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन्।

थापाको विज्ञप्तिमा सामुहिक लगानी, दोहोरो नागरिकता लगायतका मुद्दामा आफू केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्। थापा यसअघि गैर आवासीय नेपाली संघको उपाध्यक्ष र संरक्षक भएर काम गरिसकेका छन्। यसैगरी विभिन्न कार्यदल र अनुशासन समितिको अध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन्। यसअघि थापाले सहमतिका लागि भन्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका थिए। एनआरएनको छैटौँ महाधिवेशन आगामी अक्टोबर ११ देखि २२ सम्म काठमाण्डौंमा हुँदैछ।

प्रकाशित: २१ श्रावण २०७० ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App