९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

श्रीलंकामा पनि आँधी

कोलम्बो, कात्तिक १६ (एजेन्सी)- श्रीलंकामा दुई दिन अघि सुरु आँधीबाट दुई व्यक्तिको मृत्यु भएको छ। आँधीबाट करिब ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीहरूले बुधबार जनाएका छन्। आँधीबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ।
आँधीबाट प्रभावित देशको उत्तरी भागका करिब पाँच सय घरपरिवार विस्थापित भएका र ५० हजार ७ सय ८८ व्यक्ति प्रभावित भएको त्यहाँको प्रकोप व्यवस्थाप केन्द्रका प्रवक्ताले जनाएका छन्। त्यसैगरी उत्तरी सहर मुल्लइटिभुमा १९ हजार ७ सय ८५ जना भारी वर्षा र आँधीबाट प्रभावित भएको पनि प्रवक्ताले बताएका छन्।
६५ घर ध्वस्त भएको र ४ सय ४८ घरमा क्षति पुगेको छ। स्थानीय भाषामा निलम नाम दिइएको आँधी भारीवर्षा र आँधीपछि लगातार श्रीलंकाको उत्तर र पूर्वी भागमा बहेको उल्लेख छ।

प्रकाशित: १५ कार्तिक २०६९ २३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App