आँधीबाट प्रभावित देशको उत्तरी भागका करिब पाँच सय घरपरिवार विस्थापित भएका र ५० हजार ७ सय ८८ व्यक्ति प्रभावित भएको त्यहाँको प्रकोप व्यवस्थाप केन्द्रका प्रवक्ताले जनाएका छन्। त्यसैगरी उत्तरी सहर मुल्लइटिभुमा १९ हजार ७ सय ८५ जना भारी वर्षा र आँधीबाट प्रभावित भएको पनि प्रवक्ताले बताएका छन्।
६५ घर ध्वस्त भएको र ४ सय ४८ घरमा क्षति पुगेको छ। स्थानीय भाषामा निलम नाम दिइएको आँधी भारीवर्षा र आँधीपछि लगातार श्रीलंकाको उत्तर र पूर्वी भागमा बहेको उल्लेख छ।
प्रकाशित: १५ कार्तिक २०६९ २३:२० बुधबार





