१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

आठ हजार मिटर अग्ला नयाँ तीन हिमाल फेला

पूर्ण बस्नेत, हङकङ, जेठ २२- चिनिया वैज्ञानिकले आठ हजार मिटरभन्दा अग्ला तीन वटा नयाँ हिमाल पत्ता लागेको जनाएका छन्। सबभन्दा अग्लो आठ हजार आठ सय ४८ मिटरको सगरमाथासहित अब आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १७ पुगेको छ।

नयाँ पत्ता लागेका हिमालमा आठ हजार १३ मिटर अग्लो माउण्ट अन्नपूर्ण इष्ट नेपालमा पर्छ। त्यस्तै आठ हजार ११ मिटर अग्लो माउण्ट सेन्टर चीन र कस्मिरको सीमा क्षेत्रमा पर्छ भने आठ हजार आठ मिटर अग्लो माउण्ट वेस्ट सिसापाङ तिब्बतमा।

चाइना एकेडेमी अफ साइन्सअन्तर्गत चिसो र शुष्क क्षेत्र पर्यावरणीय तथा इन्जिनियरिङ अनुसन्धान इन्स्टिच्युटका वैज्ञानिक मि डेसेङले पहिले पत्ता लागेका १४ र नयाँ तीनसहित आठ हजार मिटर भन्दा अग्ला हिमालको सङ्ख्या १७ पुगेको बताए।चिनिया वैज्ञानिकहरूले समुद्री सतहबाट आठ हजार मिटरभन्दा अग्ला १७ वटा हिमालको नापी पूरा गरेको सिलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।

करिब ३० वर्ष लगाएर गरिएको यो अध्ययन चाँडै नै अङ्ग्रेजी र चिनिया भाषामा पुस्तकका रुपमा आउने इन्स्टिच्युटले जनाएको छ। सन्१९८० मा चिनिया वैज्ञानिकहरूले हिमालको स्थलगत अध्ययन र फोटोग्राफिक सर्भे सुरु गरेका थिए।


प्रकाशित: २२ जेष्ठ २०६९ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App