७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

चीनमा राजनैतिक सुधार आवश्यक भएको प्रधानमन्त्री जिआबाओको भनाइ

बेइजिङ, चीन, चैत १ (एजेन्सी)-चिनिया प्रधानमन्त्री वेन जिआाबओले आफ्नो देशको आर्थिक उपलब्धिको रक्षाका लागि थप राजनैतिक सुधार आवश्क भएको बताएका छन्।
चीनको वार्षिक संसद सत्रको अन्तमा प्रेस वार्तालाई सम्बोधन गर्ने क्रममा जिआबाओले राजनैतिक स्वरुपमा सुधार नगरिकिन चिनिया समाजमा उब्जिएको नयाँ समस्याहरूको निराकरण हुन नसक्ने र 'सांस्कृतिक क्रान्ति' जस्तो ऐतिहासिक त्रासदी पुनः घट्न सक्ने बताए।

'मलाई थाहा छ, सुधार त्यति सहज हुने छैन। यो हाम्रा जनताको सहयोग र समर्थन विना सफल पनि हुन सक्ने छैन।' उनले भने।
चीनमा यसै वर्ष राजनैतिक नेतृत्व परिवर्तन हुदै छ।

 

प्रकाशित: १ चैत्र २०६८ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App