१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

डेनमार्कमा नेपाली समुदायबीच खेलकुद प्रतियोगिता

कोपनहेगन- डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली समुदायबीच भएको फुटसल प्रतियोगितामा  हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक टिमले उपाधि जितेको छ। फाइनलमा पुगेका  हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक र हिमालयन स्पोर्ट्स क्लब ह्वाइटबीच भएको खेल मा दुवै तर्फबाट बराबर तीन गोल भएपछि   पेनाल्टीबाट खेल को निर्णय गरिएको थियो।  बिजयी टिम तथा  खेलाडीलाइ  डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल र  गैर आवासीय नेपाली संघ युरोपका  उप - संयोजक शुक्रराज न्यौपानेले कप तथा मेडल प्रदान गरे।

 उक्त प्रतियोगितामा  बेलाहोय क्लासिक स्पोर्ट्स क्लब  , बेलाहोय क्लासिक स्पोर्टस क्लब , हिमालयन स्पोर्ट्स क्लब ह्वाइट , हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक ,युनिटी स्पोर्ट्स क्लब,  जन सम्पर्क समिती डेनमार्क , नेपाली ब्रदर्स स्पोर्ट्स क्लब , बीएनडी  युनाइटेड स्पोर्ट्स क्लब , पासापुच  स्पोर्ट्स क्लब सहित सोह्र बर्ष मुनिका भाईबहिनीहरुको  तीन  वटा टोलीबीच पनि प्रतिस्पर्धा गराइएको थियो।

डेनमार्कको लामो चिसो याममा सप्ताहान्तमा गरिने यस्ता कार्यक्रमहरुमा यहाँका नेपाली खेलकुद क्लबहरुको योगदान महत्वपूर्ण रहदै आएको छ। यस्तै नेपाली समुदायबीच व्यटमिन्टन प्रतियोगिता पनि भएको छ। दुई समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा २० जना खेलाडी सहभागी थिए। एकल विधामा  गराइएको प्रतियोगिता समूह ए मा आकिस रिमाल  प्रथम हुन् सफल भए भने समूह बी अन्तर्गतको खेलमा प्रकाश ढकालले  प्रथम स्थान हाँसिल गरे। त्यस्तै जोडी विधामा भने समूह बी अन्तर्गतको खेलमा प्रकाश ढकाल र यमलाल सुबेदीको जोडीले प्रथम स्थान हासिल गर्यो भने समूह ए मा नबिन आचार्य र आकिस रिमाल   प्रथम हुन् सफल भए।

जाडोयामकै अवसर पारेर नेपाल भलिबल संघ समन्वय समिति डेनमार्कले आयोजना गरेको पुरुष भलिबल प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो। l फाइनलमा पुगेका बेलाहोय भलिबल टिम र नेपाली ब्रदर्श भलिबल टिमबीच आकर्षक प्रतिस्पर्धा भएको थियो। बेस्ट अफ फाइभ अन्तर्गत खेलाइएको  फाइनल  खेलमा दुबै टिमले २ – २ सेट जितेका थिए। अन्तिम खेलमा बेलाहोयले १६ - १४ अंक बनाउदै बेलाहोय भलिबल टिमले प्रतियोगितामा प्रथम स्थान हासिल गर्यो।

प्रतियोगिताको बिजयी बेलाहोयले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद २ हजार ५ सय डेनिस क्रोनर प्राप्त गर्यो भने दोश्रो भएको नेपाली ब्रदर्शले मेडल, प्रमाणपत्र तथा नगद १ हजार ५ सय डेनिस क्रोनर पायो। प्रतियोगिताको बेष्ट प्लेयर नेपाली ब्रदर्शका हरी क्षेत्री भए भने , बेष्ट स्पाइकर बेलाहोयका कृष्ण केसी र बेष्ट सेटर पनि बेलाहोयकै द्रोणबहादुर क्षेत्री लाई प्रदान गरियो।

खेलकुद बाहेक यहाका नेपाली समुदायले विभन्न अबसरमा धार्मिक तथा सामाजिक कार्यक्रमको आयोजना समेत गर्दै आएका छन । आउने शुक्रबार शिवरात्री को अवसर परेर सनातन संस्कार डेनमार्कले महाशिवरात्री भजन किर्तन सन्ध्या को आयोजना गर्ने भएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App