१६ चैत्र २०८० शुक्रबार
प्रवास

रुसमा नेपाली युवकको हत्या

कपिलवस्तु– वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन्। 

गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो। मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए। उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरुलाई रुसबाट जानकारी आएको मृतकका भाई श्याम कुमार यादवले जानकारी दिए। 

मंगलबार घटना भए पनि आफूहरुलाई गएको बुधवार मात्र रुसका बस्दै आएका दाईका साथी नेपालका पोखराका अभिषकेले फोनमार्फत जानकारी दिएको बताए। २०७२ सालदेखि रुसका पास्ता शहरमा राजकुमार बस्दै आएका थिए। साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट ओर्लिएपछि लुटेराहरुले आक्रमण गरेका थिए। घटनापछि त्यहाँ रहेको सिसीटिभी मार्फत आक्रमणकारी पक्राउ परेका थिए। आक्रमणमा संलग्न २ पुरुष र एक महिलालाई रुसी प्रहरीले नियन्त्रणमा लिएको थियो। मृतकको शव त्यहीँको स्थनीय अस्पतालमा राखिएको छ। घटनाका बिषयमा रुसमा रहेको नेपाली राजदूताबासमा जानकारी गराइएको छ। 

२०७४ सालमा रुसबाट राजकुमार घर आएका थिए। ३ महिना बसेपछि उनी गत २०७४ फागुनमा रुस फर्केका थिए। रुसको पास्ता सिटीमा मृतकले विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काम गर्दथे। राजकुमार व्यापारिक भिसामा रुसमा छिरेका थिए। राज कुमारको मत्युको खबरले ठूलो सडवा गाउँ नै शोकमग्न भएको छ। राज कुमारको परिवार बुधवारदेखि नै गहिरो शोकमा डुबेको छ। मृतकका श्रीमती र एक सात महिने छोरा तथा ३ दाजु भाई, एक दिदी, आमा र बुवा छन्। 

श्रीमानको मृत्युको खबर पाएदेखि नै राज कुमारकी श्रीमती राज कुमारी यादव अर्धचेज बनेकी छिन्। उनले छाती पिटेर बिलौला गरेर रुने कराउने मात्र गरेका छिमेकीहरु बताउँछन्। मृतकमी आमा जितनी अहिर परिवारको खुशीका लागि बिदेशीएको ठूलो छोराको मृत्युले बेहाल बनकी छिन्। जितनीले आफनो छोराको शव चाँडै ल्याउन पहल गरी दिन माग गरेकी छिन्। कपिलवस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरले मृतकका लागि चाहिने आवश्यक सिफासिहरु पठाइसकेको बताए। 

एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले मृतकको शव घर फर्काउन आवश्यक प्रक्रियामा लागेको मृतकको परिवारलाई जानकारी गराएका छन्। 

प्रकाशित: २१ भाद्र २०७६ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App