बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो पदभार गरेका छन्। नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्।
राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी लगायतको टोली हिथ्रो विमानस्थल पुगेको थियो। घिमिरे बेलायतका लागि २३ औं राजदूत हुन्।
यसअघि राजदूत घिमिरेले नेपालको संसदीय सुनुवाइमा बोल्दै बेलायती गोरखाहरूको समस्या समाधानका लागि प्रयास गर्ने बताएका थिए।
उनले सन् १९९७ पूर्वका बेलायती गोर्खा फौजबाट सेवा निवृत्त भएका गोरखाहरूको समस्या समाधान गर्न भूमिका खेल्ने बताए। घिमिरेले भने, ‘सन् १९९७ भन्दा अगाडिका गोर्खाहरूको बारेमा जुन वार्ता अहिले चलिराखेको छ, त्यसलाई सकेसम्म चाँडो उहाँहरुको हित सम्बध हुने गरी निष्कर्षमा पुर्याउनका लागि प्राथमिकता दिन्छु।’
उनले विकास सहायतालाई थप गराउन आफ्नो प्रयत्न रहने बताएका थिए।
प्रकाशित: ५ माघ २०८१ १२:०२ शनिबार





-600x400.jpg)