२ असार २०८१ आइतबार
image/svg+xml
प्रवास

सीप बिना दक्षिण कोरिया आउनु दुःख पाउनुमात्र हो : विजय थेवे (भिडियोसहित)

झापा विर्तामोडका विजय थेवे १७ महिनादेखि दक्षिण कोरियामा काम गरिरहेका छन् । कामदारका रुपमा कोरिया पुगेका उनले सुरुवाती केही महिना कष्टपूर्ण जीवन बिताए । अहिले भने उनी एउटा फर्ममा काम गर्दैछन् । विदेशमा उनले भोगेको अनुभव यस्तो छः  

नमस्कार

मेरो नाम विजय थेवे लिम्बू हो । मेरो घर झापा विर्तामोडमा छ । म अहिले दक्षिण कोरियामा छु । म यहाँ आएको १७ महिना भयो ।  

सुरुमा म यहाँ खाङमान्दु भन्ने प्राप्तमा आएको थिए । त्यहाँ मैले स्याउ बगैचामा ७ महिना काम गरे । जाडो मौसममा आएको कारणले त्यहाँ मैले माइनस १७ देखि २० डिग्रीसेल्सियससम्म झेल्न पर्यो । त्यो समयमा स्याउ बगानमा बाहिर काम गर्नु पर्ने भएकाले एकदम कठ्याङ्ग्रिएर, हातखुट्टाहरु कामेर अत्यन्तै कठिन समस्याहरु भोग्नु पर्यो । 

मैले त्यहाँ लगातार कामगर्दा अफ सिजनमा साहुले मलाई अरुको बारीमा खेतालाको रूपमा बाहिर पठाउनु हुन्थ्यो । कहिले आलुको बोटमा नोङग्याक (औषधि) छर्नेदेखि लिएर कहिले मल छर्ने, कहिले जंगलमा गएर रुख काट्ने जस्ता कामहरु मैले धेरै गरे । तर मैले त्यो दुःखलाई दुःख सम्झिन । मैले त्यहाँ लगातार काम गर्दा पाउने सेवासुविधाहरु पनि पाएको थिइन । मेरो सम्झौताअनुसार मैले त्यहाँ ८ घण्टा काम गर्नुपर्ने थियो तर मलाई १० घण्टा काममा लगाइएको थियो । हामीले पाउने सेवासुविधाहरु जस्तो हामीले खानाको पैसा पाउथ्यौं । बस्दा रुम काटेको थिएन । 

सम्झौताअनुसार हाम्रो सवै थियो तर हामीलाई साहुले केही पनि दिएको थिएन । यद्यपि हामीलाई साहुले आराम गर्ने समय समेत दिएको थिएन । त्यसरी लगातार काम गर्नु पर्दा मैले एउटा निर्णय गरे र म परिवर्तन गर्छु भनेर साहुसँग कुरा गरे । बारम्बारको कुराकानीपछि उसले मलाई साइन (अनुमति पत्र) दियो । साइन दिँदा पनि मलाई त्यति सजिलोसँग दिएन । त्यसपछि उसले मलाई लगातार दबाब दिइरह्यो । त्यसपछि त्यहाँबाट परिवर्तन भएर म अहिले अर्को ठाउँमा आएको छु । 

अहिले म फर्ममा काम गरिरहेको छु । अहिले हामी यहाँ धेरै नेपाली साथीभाइ छौं । एकदमै रमाइलोसँग आफ्नै तरिकाले खानाहरु बनाएर खाइरहेका छौं । यो फर्ममा १६ जना कामदारहरु छौं । रमाइलोसँग वैदेशिक जीवन चलाइरहेका छौं ।

म यहाँ कोरियामा आउन चाहाने नयाँ साथीहरुलाई के भन्न चाहान्छु भने तपाईंहरु यहाँ कोरिया आउँदै हुनुहुन्छ भने शारीरिक र मानसिकरुपमा रुपमा एकदमै बलियो बनाएर आउनु होला । किन भने यहाँ हामीले सोचेको जस्तो जिन्दगी त्यति सजिलो छैन । यहाँको भोगाइ बेग्लैछ । 

भाषामात्रै पास गर्ने हैन तपाईहरुले आफ्नो स्किल (सीप) पनि लिएर आउनु होला । जस्तो वेल्डिङ, प्लम्बर, वेइरिङको कामहरु र ड्राइभिङ लाइसेन्स । यस्तो दक्षता र क्षमतासहित आउनु भयो भने यहाँ सुनमा सुगन्ध हुनेछ ।  

धन्यवाद (खाम्सामिदा)    

प्रकाशित: १० जेष्ठ २०८१ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App